Wednesday, December 17, 2025
Homeअर्थनेपाल उद्योग परिसंघद्वारा उच्च करदाता सम्मानित

नेपाल उद्योग परिसंघद्वारा उच्च करदाता सम्मानित

काठमाडौंः राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई नेपाल उद्योग परिसंघले पनि सम्मान गरेको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।
जसअनुसार वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रा.लि., विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि., उर्जामूलक उद्योग मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनी प्रा.लिलाई परिसंघले सम्मान गरेको हो ।

कृषि एवम् पशुपंक्षीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने पोषक ब्रिडर फार्म प्रा.लि., सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल प्रा.लि., एकलौटी फर्महरु मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेशनल, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका हुन् ।

यसैगरी रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने आईएमई लिमिटेड, निकायमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोवार रकम रु. ५० करोडभन्दा बढी रु. १०० करोडसम्म कारोबार गर्ने कारदाताहरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सि.डि.एस.एण्ड क्लियरिङ लि., वार्षिक कारोबार रकम रु ५० करोड सम्म कारोबार गर्ने करदाताहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि., वि.स.२०७६ साउन देखि २०८२ असार मसान्त सम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरि नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदाता मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको हो ।

हिजो आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments