ठडियाः सोमबार लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीले सुन्दरहरैंचा नगरपालिका–७ स्थित ठडिया आधारभूत विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीका अध्यक्ष अनुरोध साहले सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण गरिएको बताउनुभयो । शिक्षा र बालबालिकाको संरक्षणमा लायन्स क्लब सधैं सक्रिय रहँदै उहाँको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालयकी प्रधानाध्यापक वाणी काफ्लेले विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीले प्रशंसनीय काम गरेको बताउनुभयो ।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, लायन्स क्लबका सदस्यहरू, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।







