काठमाडौंः नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले ओली समूहबाट आदिवासी–जनजाति खुलातर्फ उम्मेद्वारी दर्ता गराएका थिए ।
वहुविवाह मुद्दाका दोषी भएकाले उम्मेद्वार बन्न नपाउने भनी उजुरी दर्ता भएपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ ।
उनी १० औँ महाधिवेशनमा पनि केन्द्रीय केन्द्रीय सदस्य चुनिएका थिए ।
त्यस्तै, केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेद्वारी खारेज भएको छ ।







