Friday, January 30, 2026
Homeफिचरएमाले पार्टी अध्यक्षमा ओलीको उम्मेद्वारी, प्रस्तावकमा रामबहादुर थापा बादल, समर्थकमा विष्णुप्रसाद पौडेल

एमाले पार्टी अध्यक्षमा ओलीको उम्मेद्वारी, प्रस्तावकमा रामबहादुर थापा बादल, समर्थकमा विष्णुप्रसाद पौडेल

काठमाडौंः जारी ११ औँ महाधिवेशनमा नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेद्वारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा ओलीले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।

ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थकमा विष्णुप्रसाद पौडेल रहेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ । आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । सबै उम्मेद्वारको नाम आइसक्न बाँकी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments