विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको हो भने चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ८२५ रुपैयाँ निर्धारण भएको छ । सुनको भाउले शुक्रबार कायम भएको उच्च मूल्यको रेकर्डलाई आज पनि तोडेको हो ।
शुक्रबार सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो ।







