विराटचोकः सुन्दरहरैंचा– ११ धाती टोलका आगलागीपीडित परिवारलाई पाथीभरा स्वतन्त्र महिला समाजले राहत सामग्री प्रदान गरेको छ ।
सुन्दरहरैंचा–११ निवासी डम्बरबहादुर प्रधानको घरमा आगलागी हुँदा घरमा भएको सबै सामान जलेर नष्ट भएको थियो । आगलागीपीडितलाई पाथीभरा स्वतन्त्र महिला समाजले २ थान फाईभर सिरक, २ थान समर ब्ल्याङ्केट, एउटा कुकर, एउटा कराई र उपलब्ध गराएको हो ।







