Tuesday, December 24, 2024
Homeफिचरयी ६ कम्पनीको लाभांश हात पार्न लगानीकर्ता बन्ने आज अन्तिम दिन

यी ६ कम्पनीको लाभांश हात पार्न लगानीकर्ता बन्ने आज अन्तिम दिन

सुन्दरहरैंचाः विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाले भोलि शेयर दाखिला खारेज (बुक क्लोज) गर्दैछन् ।

सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते शनिबार १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

गरिमा विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस २९ गते होटल पोखरा ग्राण्डमा हुने १७ औँ वार्षिक साधारण सभाले सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

छिमेक लघुवित्तको पुस २९ गते होटल सामना हेटौँडामा हुने २२ औँ वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

लुम्बिनी विकास बैंकले पुस २६ गते अमृतभोग कालिकास्थान काठमाडौँमा आह्वान गरेको १६ औँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २६ गते सातौँ वार्षिक साधारण सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, रुरु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते बुधबार साधारण सभा बोलाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments