Tuesday, December 24, 2024
Homeफिचरनेपाली शेयर बजारः सन् २०२४ मा उत्साहप्रद हुने अपेक्षा

नेपाली शेयर बजारः सन् २०२४ मा उत्साहप्रद हुने अपेक्षा

सुन्दरहरैंचाः नेपाली शेयर बजार सन् २०२३ भर घट्दो क्रममा रह्यो । वर्षको उत्तराद्र्धमा भने बजारले फड्को मार्न खोज्यो । नीतिगत सुधार, वित्तीय प्रणालीमा सहज तरलता अनि ब्याजदर घट्न थालेकाले वर्षान्तको अन्त्यतिर आइपुग्दा बजारले उकालो यात्रा तय गर्न लागेको अनुमान गरिएको छ ।

सन् २०२२ को अन्तिम दिन नेप्से परिसूचक २०२९.०३ बिन्दुमा रोकिएको थियो । सन् २०२३ को अन्तिम कारोबारको दिन (डिसेम्बर २८) मा नेप्से परिसूचक २०६८.९० विन्दुमा आएर अडिएको छ । यसले २०२३ अन्तिमतिर आउँदा सामान्य अंकले माथि गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र प्रथम त्रैमासिक समीक्षामार्फत् शेयर बजारमा केही लचिलो नीति लिएको छ । शेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो । ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने नीति पनि केन्द्रीय बैंकले यसै वर्ष लिएको छ । फलस्वरुपः कर्जाको ब्याजदर घट्दै गएको छ । यसले आगामी दिनमा शेयर बजार बढ्न टेवा पुग्ने अनुमान छ ।

लगतार बढेको बजारको गतिमा अहिले ब्रेक लागेको छ । त्यो करेक्सनमात्रै हो वा बजारले घट्दो लय समातेको हो भन्ने हेर्न केही समय पर्खनुपर्ने देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments