सुन्दरहरैंचाः घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज पुस १६ गते अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।