Wednesday, January 28, 2026
Homeफिचरकामधेनु सहकारीले पत्रकार सम्मेलनमार्फत् गर्याे सञ्चालकमाथि लगाइएको आरोपको खण्डन

कामधेनु सहकारीले पत्रकार सम्मेलनमार्फत् गर्याे सञ्चालकमाथि लगाइएको आरोपको खण्डन

 इटहरीः पूर्वमै चर्चित कामधेनु दुग्ध विकास सहकारी संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी सहकारी सञ्चालकमाथि शेयर सदस्यले लगाएको आरोप झुटो र प्रमाणहीन भएको जनाएको छ । 
संस्थाले शेयर सदस्यबाट निस्कासन गरेका संस्था सञ्चालक समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी तथा शेयर सदस्य मनोज दाहाल तथा कर्मचारी तेजप्रसाद सुवेदीले संस्था सञ्चालकमाथि लगाएको आरोपको पत्रकार सम्मेलन गरी खण्डन गरेको हो ।  इटहरी –१ आँपगाछीस्थित सो सहकारी सञ्चालक समिति अध्यक्ष यादप ढकालले संस्थाको हितविपरीत काम गर्ने तथा सञ्चालकको हत्या गर्नेसम्मको योजना बनाएको थाहा पाएपछि पूर्व अध्यक्ष, शेयर सदस्य र कर्मचारीलाई सहकारी ऐनअनुसार कारवाही गरिएको बताउनुभयो ।
संस्था सञ्चालक समिति अध्यक्ष ढकालका अनुसार २०८२ कार्तिक १७ गते संस्थामा कार्यरत कर्मचारी प्रेमप्रसाद मिश्रको आत्महत्या प्रकरणमा उठेका केही आरोप पूर्णतः मिथ्या र निराधार रहेका छन् । संस्थाका होनाहार कर्मचारी गुमाएको पीडादायी घडीमा संस्था सञ्चालकमाथि आरोप लगाउनुका साथै ज्यान लिनेसम्मको षड्यन्त्र भएको थाहा पाएपछि संस्थाले बाध्य भएर शेयर सदस्यबाट निलम्बनको कारवाही गरिएको बताइएको छ । 
कर्मचारीको जीपीएस ट्रयाकिङ, विभिन्न होटलमा बसेर गरिएको षड्यन्त्रको सीसीटीभी फुटेजलगायतको अध्ययनपछि सञ्चालक समितिले बाध्य भएर स्पष्टीकरण सोध्नेलगायतका प्रक्रिया पूरा गरी कारवाही गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । पुस महिनामा हुने संस्थाको साधारणसभासम्ममा ७० जना शेयर सदस्यको सदस्यता खारेजी गर्ने गरी संस्था अघि बढेको उहाँको भनाइ थियो । 
होटलमा बसेर बुनिएका ज्यान मार्नेसम्मका योजनाका प्रमाणहरु आफूहरुसँग रहेको पनि उहाँले बताउनुभयो । 
कारवाहीमा परेका शेयर सदस्य र कर्मचारीले पनि बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी संस्था सञ्चालक समिति अध्यक्ष ढकालले मनोमानी ढङ्गले संस्था सञ्चालन गरेको आरोप लगाएका थिए । 
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments