Saturday, December 13, 2025
Homeफिचरसाना किसान कृषि सहकारी संस्था सुन्दरपुरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न

सुन्दरपुरः साना किसान कृषि सहकारी संस्था लिमिटेड सुन्दरपुरले आफ्नो २९ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । संस्थाको सभाहलमा भएको साधारणसभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन, प्रगति विवरण तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको थियो ।

सहकारी संस्था सञ्चालक समिति सदस्य डण्डबहादुर खड्काले बाह्य लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष अरुण सुवेदीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा –६ का वडाध्यक्ष सन्तोष लिङ्देनले गर्नुभएको थियो ।

साधारण सभामा संस्थाका ज्येष्ठ शेयर सदस्यलाई सम्मान, गरिएको थियो । त्यस्तै, उत्कृष्ट समूह, उत्कृष्ट अन्तर–समूह तथा उत्कृष्ट व्यावसायिक परियोजनाका सञ्चालकलाई पनि कार्यक्रममा नगद, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

साधारणसभालाई संस्था सञ्चालक समितिका पूर्व अध्यक्ष तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष रवीन्द्र आचार्य, सञ्चालक समितिका पूर्व अध्यक्ष भीमप्रसाद पौडेललगायतले सम्बोधन गर्नुभएको थियो । सञ्चालक समिति सदस्य सीताराम भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक समिति सदस्य बच्चीकुमारी दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments