Tuesday, December 24, 2024
Homeफिचर६ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन 

६ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन 

सुन्दरहरैंचाः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ६ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिस्टिलरी, राधी विद्युत, घोराही सिमेन्ट, आत्मनिर्भर लघुवित्त, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको बोनस शेयरमा मूल्य समायोजन गरेको हो ।

बिहीबारको अन्तिमा कारोबार मूल्यलाई आधार मानेर ती कम्पनीहरुको भाउ समायोजन गरिएको हो । हिमालयन डिस्टिलरीको १० प्रतिशत बोनस शेयरमा बिहीबारको अन्तिम कारोबार मूल्य १८९८ रुपैयाँलाई आधार मानेर १७२५ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

राधी विद्युतको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरमा भाउ समायोजनपछि मूल्य २२८ रुपैयाँ ६४ पैसा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २३९ रुपैयाँ ५० पैसामा भाउ समायोजन भएको हो ।

आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस शेयरमा भाउ समायोजन भएर यसको मूल्य १६५९ रुपैयाँ ९ पैसा कायम भएको छ । बिहीबारको अन्तिमा कारोबार मूल्य १८२५ रुपैयाँ रहेको थियो ।

घोराही सिमेन्टको १५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गर्दा भाउ ५०२ रुपैयाँ ६१ पैसा कायम भएको छ । बिहीबारको अन्तिमा कारोबार मूल्य ५७८ रुपैयाँ रहेको थियो ।

साना किसानको १४ दशमलव २५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी ८८८ रुपैयाँ ३२ पैसा कायम भएको छ । बिहीबारको अन्तिमा कारोबार मूल्य १०१४ रुपैयाँ ९० पैसा रहेको थियो ।

सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गर्दा भाउ ९५५ रुपैयाँ ७५ पैसा कायम भएको छ । बिहीबार यसको अन्तिम कारोबार मूल्य १०८० रुपैयाँ रहेको थियो ।

सोमबार समायोजित मूल्यबाट यी कम्पनीको शेयरभाउ तय हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments