काठमाडौंः सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ ।
मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् ।
बैठकले प्रधानमन्त्री कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ ।
हालै देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यालयका पुनर्संरचना गर्दै अनावश्यक कर्मचारी हटाउने निर्णय गरेको सार्वजनिक गरेका थिए ।