Friday, December 5, 2025
Homeफिचरउज्यालो नेपाल पार्टीले माग्यो निर्वाचनमा उम्मेद्वारी दिनका लागि आवेदन

उज्यालो नेपाल पार्टीले माग्यो निर्वाचनमा उम्मेद्वारी दिनका लागि आवेदन

काठमाडौंः ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेद्वारी दिने व्यक्तिका लागि खुला आवेदन आह्वान गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वारी दिन चाहनेले आगामी मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरिएको हो ।

निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेद्वारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीले जनाएको छ ।

उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्र पेश गर्ने उम्मेद्वारलाई प्राथमिकता दिइने बताइएको छ । आवेदन दिँदा आफूले उठन चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले अनुरोध गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments