Friday, December 5, 2025
Homeखेलकुदलगातार ५ खेल जितेपछि सुदूरपश्चिम पुग्यो प्लेअफमा, दुई खेल खेल्न बाँकी हुँदै...

लगातार ५ खेल जितेपछि सुदूरपश्चिम पुग्यो प्लेअफमा, दुई खेल खेल्न बाँकी हुँदै अन्तिम चारमा सुरक्षित

काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली सुदूरपश्चिम रोयल्स बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूर पश्चिम लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।

एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जीतको आधार तयार पारेका थिए । विनोदले ४९ बलमा ४२ रन जोडे । यस्तै हर्मित सिंहले १० बलमा अविजित २५ रन बनाए ।

बलिङमा जनकपुरका लागि माज सदाकतले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतकमा १४६ रनको लक्ष्य दिएको थियो ।

जनकपुरले ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । कृष्णमूर्तिले सर्वाधिक ५० रन बनाएका थिए । यस्तै जान लफ्टी इटनले ३९ रन जोडे । ३५–३ को अवस्थाबाट लफ्टी इटन र कृष्णमूर्तिले जनकपुरको इनिङ्स सम्हालेका थिए ।

सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

लगातारको हारसँगै साबिक विजेता जनकपुर लिग चरणबाटै बाहिरिने सम्भावना बढ्दै गएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments