विराटनगरः यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन समितिका अनुसार खुला तर्फ ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल र दिलिप बगडिया सर्वसम्मत चयन भएका छन् । महिलातर्फ उषा झा र शान्ता डंगोल तथा युवातर्फ मो. हमिद आजाद सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
चयन भएकामध्ये दिलिप बगडिया र शान्ता डंगोल संस्थापान पक्षका नेताहरू हुन् । त्यस्तै, ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. हमिद आजाद संस्थापना–इतर समूहका नेताका रूपमा चिनिन्छन् ।
मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए ।







