Saturday, December 13, 2025
Homeफिचरऔषधीय गुण भएको अमला सेवनका फाइदा

औषधीय गुण भएको अमला सेवनका फाइदा

विराटचोकः अमला सहजै पाइने फल हो । अमलामा हाम्रो शरीरको लागि निकै उपयोगी भिटामिन सी प्रशस्त मात्रामा पाइने गर्दछ । बहुगुण भएको अमला हाम्रो स्वास्थ्यको लागि निकै नै उपयोगी फल मानिन्छ । कुनै रसायन प्रयोग नहुने भएका कारण अमला हाम्रो लागि निकै उपयोगी मानिन्छ ।

अमलाको सबैभन्दा ठूलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ । अमलामा क्रोमियम बढी मात्रामा हुन्छ । अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन ।

यी हुन् अमला खानुका मुख्य फाइदाहरूः
१. हरेक दिन अमला खानाले हाम्रो पेट सधैँ सफा रहिरहन्छ । जसले गर्दा हामीलाई कब्जियतको समस्याले सताउँदैन ।
२. अमला खानाले हामीमा हुने ग्यास्ट्रिक केही हदसम्म नियन्त्रण हुने गर्दछ ।
३. अमलामा पाइने एन्टीअक्सिडेन्टले हाम्रो शरीरमा कार्सिनोजेनिक सेल्स बन्न रोक लगाउँछ, जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।
४. अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ ।
५. हरेक दिन एउटा अमला खानाले फोक्सोसम्बन्धी रोगबाट मुक्ति मिल्छ ।
६. अमलाले हाम्रो रगत सफा राख्न मद्दत गर्छ ।
७. हरेक दिन अमला खानाले कपाल फुल्ने रोगबाट मुक्त भइन्छ । यसले कपाल कालो बनाउन समेत मद्दत गर्छ ।
८. मुटुलाई स्वास्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमलाको सेवन गर्न सकिन्छ । यसो गर्दा मुटु तथा मांसपेशीहरू बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सञ्चार गर्न सक्छ ।
९. अमलाले हामीलाई पत्थरी हुनबाट समेत जोगाउँछ ।
१०. अमलाको नियमित प्रयोगले आँखासम्बन्धी समस्याबाट समेत छुटकारा मिल्दछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments