Friday, December 5, 2025
Homeफिचरबोनस शेयर दिँदा अब कम्पनीले नै कर तिर्नुपर्ने

बोनस शेयर दिँदा अब कम्पनीले नै कर तिर्नुपर्ने

काठमाडौंः बोनस पाउँदा सो लाभांशमा लाग्ने कर लगानीकर्ताले तिर्नुपर्ने व्यवस्थालाई अन्त्य गर्दै अब कम्पनीले नै ब्योहोर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको छ ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गर्दै शेयरधनीलाई लाभांशबापतको कर नलाग्ने व्यवस्था गरेको हो । बोर्डले निर्देशिकाको दफा ४० मा उपदफा ७ थप गर्दै सङ्गठित संस्थाले लाभांशबाटै मिलान गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

‘बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था मिलान गर्नुपर्ने छ,’ बोर्डले संशोधन गरेको निर्देशिकामा भनिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments