Friday, December 5, 2025
Homeअर्थराष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो १०० दरका नयाँ नोट

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो १०० दरका नयाँ नोट

काठमाडौंः नेपाल राष्ट्र बैंकले १०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।

बैंकका अनुसार साबिककै आकार र रङमा सङ्केत नम्बर क २००००००१ देखि घ ४०९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० (रुपैयाँ एक सय) तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित निम्न विशेषता भएको नोट चलनचल्तीमा आएको छ ।

नयाँ नोटको अग्र र पृष्ठ भागमा निम्न विवरणहरु हुने बताइएको छः

नोटको अग्रभागमा
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
२. नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको ।
३. नोटको मध्यभागमा नेपालको नक्सा रहेको ।
४. नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र Silver Metallic मा मायादेवीको चित्र रहेको ।
५. २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको ।
६. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
७. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा ’वि.सं. २०८१’ लेखिएको ।

नोटको पृष्ठभागमा
१. नोटको मध्यभागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
२. नोटको मध्यभागमा एकसिङे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
३. नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा RUPEES ONE HUNDRED लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अङ्ग्रेजीमा 2024 A.D. लेखिएको ।

केन्द्रीय बैंकले यसअघि २०७६ असोज ७ गतेदेखि रुपैयाँ १०० दर (सेरिज २०१९) को बैंक नोट सङ्केत नम्बर ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नम्बर ओ १८ ०००००१ देखि क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको समेत प्रष्ट पारेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments