Friday, December 5, 2025
Homeखेलकुदएनपीएलः चौथो खेलमा पराजित बन्यो विराटनगर किंग्स

एनपीएलः चौथो खेलमा पराजित बन्यो विराटनगर किंग्स

काठमाडौंः नेपाल प्रिमियम लिग एनपीएलमा हालसम्म अपराजित यात्रा गरिरहेको विराटनगर किंग्सको यात्रामा विराम लागेको छ । आज भएको खेमा विराटनगरलाई अलआउट गर्न चितवन राइनोजका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजनमा एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बने ।

बायाँ हाते स्पीनर रन्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लागेको हो । आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भएको हो । विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाएका थिए । डे लाङ र प्रतिशले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

यस्तै साम हिजलेटले २२ रन जोडे । विराटनगरका अन्य ८ खेलाडीले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

चितवनका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । यस्तै कमल सिंह ऐरीले २ तथा सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले समान एकएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाएका थिए । उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।

विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुईदुई तथा शुभम् रन्जानले एक विकेट लिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments