Friday, December 5, 2025
Homeफिचर२४३ जना विद्यार्थीलाई सुकुना क्याम्पसले दियो २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति...

२४३ जना विद्यार्थीलाई सुकुना क्याम्पसले दियो २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति रकम

विराटचोकः शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।

सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।

प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, सल्लाहकार, शिक्षक–कर्मचारी तथा स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्दै क्याम्पसले गरेका गतिविधि र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, सल्लाहकार तथा दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँ तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो ।

नेपालमा सामुदायिक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त सुकुना बहुमुखी क्याम्पसमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष रहेको छ । आगामी वर्ष अक्षयकोषको आकार १ करोड २५ लाख पुर्याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments