Friday, December 5, 2025
Homeखेलकुदएनपीएलः अघिल्लो संस्करणमा पुछारमा रहेको लुम्बिनी लायन्सद्वारा चितवन राइनोज पराजित

एनपीएलः अघिल्लो संस्करणमा पुछारमा रहेको लुम्बिनी लायन्सद्वारा चितवन राइनोज पराजित

काठमाडौंः लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउंदै सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । लुम्बिनी पहिलो संस्करणमा एक खेल मात्र जितेर खेलको अन्तिममा रहेको थियो ।

चालु संस्करणमा पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै विजयी शुरुवात गरेको चितवन राइनोज लुम्बिनीसँग पराजित भएको हो । लुम्बिनीले पहिलो संस्करणमा चितवन राइनोजलाई मात्रै हराएको थियो । यसपटक पनि पहिलो खेलमा त्यही दोहोरिएको छ ।

चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको हो । लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै २३ बलमा सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ४४ बलमा ३९ रन बनाए ।

लुम्बिनीको लागि ओपर सन्दीप जोराले २८ रन, डार्शी सटले ११ रन बनाए ।बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए ।

त्यसअघि रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

बोपाराले ५५ बलमा सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान कुशल मल्लले २१ रन, सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाए ।

बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ३ विकेट, अभिशेष गौतमले २ र गुल्बादिन नइबले २ विकेट लिए ।

रुबेन ट्रम्पलमनले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments