काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ गरिरहेको चितवनले यो प्रतियोगिताको दोस्रो खेल खेलेको हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।
लुम्बिनीले भने पहिलो खेल खेल्न लागेको हो ।
खेलमा चितवन राइनोजका तर्फबाट कुशल मल्लको कप्तानीमा रिजन ढकाल, देव खनाल, अर्जुन साउद (विकेटकिपर), अमरसिंह रटेउला, दीपक बोहरा, कमलसिंह ऐरी, डबिड मलान, रवी बोपरा, सइफ जइब र सोहेल तन्विरले खेलिरहेका छन् ।
त्यस्तै, लुम्बिनी लायन्समा रोहितकुमार पौडेलको कप्तानीमा सन्दीप जोरा, शेर मल्ल, दिलिप नाथ, अभिषेश गौतम, दिनेश अधिकारी, समीर अली, डार्सी सर्ट, गुल्बादिन नइब, रुबेल टम्पलम्यान र जेजे स्मितले खेलिरहेका छन् ।







