Friday, December 5, 2025
Homeखेलकुदगत संस्करणको उपविजेता सुदूर पश्चिमद्वारा काठमाण्डू गोर्खाज् पराजित

गत संस्करणको उपविजेता सुदूर पश्चिमद्वारा काठमाण्डू गोर्खाज् पराजित

काठमाडौंः गत संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई हराएर सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सुदूर पश्चिमको तर्फबाट खेलेका अमेरिकी खेलाडी हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले राजधानीको टोलीलाई हारको बाटो देखाएको हो ।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डु गोर्खाज सुदूर पश्चिमसँग पराजित भएको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमको सुरुवात खराब भएको थियो । सुदूरले पहिलो ओभरमै २ ब्याटरको विकेट गुमाएको थियो । करण केसीको बलमा जोश ब्राउन एलबीडब्लुमा परे भने विनोद भण्डारी क्याचआउट भए ।

सुदूरले २० ओभरमा १४७ रन बनाएर डिफेन्ड गर्न सकिने माहोल बनाएको थियो । जवाफमा काठमाडौंले १६.५ ओभरमै सबै विकेट गुमाउँदै ११८ रन मात्रै जोड्न सक्यो ।

सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई ३० रनले पराजित गर्दै शानदार जीत हात पारेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments