विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको थियो ।







