Friday, December 5, 2025
Homeफिचरबाराको सिमरा विमानस्थलमा एमाले र जेनजी युवाबीच झडपपछि कर्फ्यु आदेश, सिमराका सबै...

बाराको सिमरा विमानस्थलमा एमाले र जेनजी युवाबीच झडपपछि कर्फ्यु आदेश, सिमराका सबै उडान स्थगित

वीरगञ्जः बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी युवाबीच झडप भएको छ । झडपपछि प्रशासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेस प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउने भएपछि जेनजी युवाले ती नेताको आगमन रोक्न विमानस्थलमा प्रदर्शन गरेका थिए ।

काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच विवाद भएको थियो । त्यसक्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।

प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।

सिमरामा बुद्ध एयरले दैनिक ५ उडान गर्दै आएकोमा आज १ उडानमात्र भएको छ । बाँकी सबै उडान स्थगित गरिएको छ । काठमाडौंबाट एमाले नेताहरुलाई लिएर गएको विमान सिमरा विमानस्थलको धावनमार्ग नपुगी काठमाडौं फर्काइएको विमानस्थलले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments