विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन आज, काठमाडौं गोर्खाज र सुदूर पश्चिम रोयाल्सबीच खेल हुने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीच साँझ ४ बजे खेल हुने भएको हो ।
उद्घाटन खेलमा पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौं गोर्खाजले आज दोस्रो जीतको लागि खेल्नेछ । पहिलो सिजनको उपविजेता सुदूरपश्चिम आफ्नो विजयी सुरुवातको लागि खेल्नेछ ।
एनपीएलको दोस्रो संस्करणमा अस्ति एक र हिजो दुई गरी तीन खेल भइसकेका छन् ।







