Friday, December 5, 2025
Homeखेलकुदविराटनगर किंग्सले दियो एनपीएलकै सर्वाधिक २२१ रनको लक्ष्य

विराटनगर किंग्सले दियो एनपीएलकै सर्वाधिक २२१ रनको लक्ष्य

काठमाडौंः विराटनगर किंग्सले लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा नेपाल प्रिमियर लिगको इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो ।

एनपीएलमा २०० रन स्कोर गर्ने पहिलो टिम बनेको विराटनगरले यसअघि आफैंले बनाएको सर्वाधिक स्कोरको कीर्तिमानसमेत तोडेको छ । पहिलो संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बल खेल्दै १ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै न्युजिल्याण्डका मार्टिन गप्टिलले ३५ बलमा ३चौका र ५ छक्का मद्दतमा ६१ रन जोडे । लोकेश र गप्टिलले दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।

यस्तै शुभम रन्जानले १६ बलमा ३ चौका र २ छक्का मदतमा ३८ रन जोडे । बसिर अहमदले २३ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।

बलिङमा पोखराका म्याट टेलरले २ तथा आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments