Tuesday, January 20, 2026
Homeधर्म र संस्कृतित्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको आयव्यय सार्वजनिक, साढे १७ लाखभन्दा बढी...

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको आयव्यय सार्वजनिक, साढे १७ लाखभन्दा बढी घाटा

इटहरीः सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशद्वारा स्थापित १०८ शिवलिङ्ग प्राण प्रतिष्ठासहित आयोजित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ ।

मंगलबार केन्द्रको कोशी प्रदेश कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको आयव्ययअनुसार आयोजक संस्था १६ लाख रुपैयाँ घाटामा देखिएको छ ।

सो केन्द्रले गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ, सवा ११ लाख दियो प्रज्ज्वलन तथा विशेष शंखघोषसहित विविध धार्मिक कार्यक्रम सम्पन्न गरेको थियो । १०८ शिवलिङ्ग निर्माण तथा भूमिदान लगायत पूर्वाधारमा ४५ लाख ९४ हजार ३०४ रुपैयाँ आम्दानी भएको पत्रकार सममेलनमा बताइएको छ । १०८ शिवलिङ्ग, घण्ट, नन्दी, हनुमान, शिव मूर्ति, आसन, रुद्राक्ष शिवलिङ्ग तथा ९ मिटर अग्लो त्रिशुल निर्माणमा ४६ लाख ३१ हजार ४० रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।

असारदेखि कात्तिक २१ गतेसम्मको श्रीमद्भागवत ज्ञान महायज्ञ तथा अन्य अनुष्ठानमा २३ लाख १८ हजार १३३ रुपैयाँ खर्च भएको छ । चतुर्मास यज्ञमा २ लाख ७१ हजार ४०५ सङ्कलन भएको र ६ लाख ३१ हजार ५४१ खर्च भएको जनाइएको छ । केन्द्रले जम्मा ५८ लाख १६ हजार ७८९ रुपैयाँ आम्दानी तथा ७५ लाख ८० हजार ७१४ रुपैयाँ खर्च गरेको जनाइएको छ । केन्द्रलाई लागेको घाटा रकमका लागि कोशी प्रदेश सरकार तथा इटहरी उप–महानगरपालिकाको समन्वयमा व्यवस्थापन गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments