Tuesday, December 24, 2024
Homeफिचर३ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन

३ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन

सुन्दरहरैंचाः नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी होटल्स र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयरमा मूल्य समायोजन गरेको छ ।

बुधबारको अन्तिम कारोबार मूल्य ७९६ रुपैयाँ ५० पैसालाई आधार मानेर हाथवेको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको मूल्य ७२४ रुपैयाँ ९ पैसा कायम भएको छ ।

तारागाउँ रिजेन्सी होटल्सको ४ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ १० पैसालाई आधार मानेर यसको सेयर मूल्य ८३६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव ५० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ ६२२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

आज समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments