Tuesday, December 24, 2024
Homeअर्थशेयरबुधबार पनि दोहोरो अंकले घट्यो शेयर बजार

बुधबार पनि दोहोरो अंकले घट्यो शेयर बजार

सुन्दरहरैंचाः बुधबार शेयर बजारमा १७ दशमलव २३ अंकको गिरावट आएर नेप्से सूचक २ हजार ७० दशलमव ८४ को बिन्दुमा अडिएको छ । नेप्से लगातार तेस्रो दिन दोहोरो अंकले झरेको हो ।

निर्जीवन बीमा र सामुहिक लगानी कोषबाहेक सबै समूहमा रातो पोतिएको दिन ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर १ लाख १७ हजार ४७६ पटक किनबेच हुँदा ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधबार व्यापार समूह सबैभन्दा धेरै २ दशमलव ३२ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १ दशमलव ८५ प्रतिशत, लगानी समूह १ दशमलव ५६ प्रतिशत तथा होटल र पर्यटन समूह १ दशमलव ५५ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा समूह भने १ दशमलव १६ प्रतिशतले बढेको छ । सामुहिक लगानी कोष समूहमा ० दशमलव ५३ प्रतिशतले बढोत्तरी आएको छ ।

सोनापुर आयल एण्ड मिनरल्सकोे सबैभन्दा धेरै १९ करोड ६६ लाख ६४ हजार ७९३ रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको १८ करोड ६६ लाख २ हजार २२९ रुपैयाँको कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ७० लाख ८८ हजार ८ सय ११ रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार घटे पनि नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइडेपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, माईखोला हाइड्रोपावर र त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

उता, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घट्दा सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशतले घटेको छ ।

८३ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब १६ अर्ब ८९ करोड ६४ लाख ६८ हजार २३० रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments