विराटचोकः लगातार बढिरहेको सुनचाँदीको भाउ तिहारपछि लगातार घटिरहेको छ । कात्तिक ३ गते सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च रहेको थियो । सो दिन सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा ३०० रुपैयाँ बढेर तोलाको २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ अघिल्लो दिनको भन्दा तोलामा ५ रुपैयाँ बढेर प्रति तोला ३ हजार २८० रुपैयाँ निर्धारण भएको थियो । सो दिन कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च मूल्य हो ।
त्यसपछि तिहार बिदा भएर कात्तिक ९ गते उच्च मूल्यले घटेको सुनचाँदीको भाउ हिजो र आज पनि घटेको हो । कात्तिक ९ गते सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुपैयाँ घटेको थियो ।
हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको हो । आज सुन प्रति तोला २ लाख ३७ हजार रुपैयाँमा र चाँदी प्रति तोला २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।







