विराटचोकः भाइटीका लगाउन भाइले चलाएको कारमा गइरहेकी सुन्दरहरैंचा–१२ निवासी २९ वर्षीया विनिता तामाङको दुर्घटनामा परी निधन भएको छ । विनिताका भाइ कार चालक २८ वर्षीय वाङ चेन लोप्चन तामाङको पनि निधन भएको छ । विनिताकी ४ वर्षीया छोरी युडेन्ला तामाङ सामान्य घाइते भएकी छिन् ।
कात्तिक ५ गते बुधबार मिरिक जाँदै गर्दा नोलडाँडामा भएको दुर्घटनामा दिदीभाइको ज्यान गएको हो ।







