Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआजदेखि नेपाल संवत् ११४६ शुरु

आजदेखि नेपाल संवत् ११४६ शुरु

विराटचोकः नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । आजदेखि नेपाल संवत् ११४६ शुरु हुँदैछ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं ९३७ (इ. सं ८८०) मा काठमाडौंका गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेको बताइन्छ । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाएको थियो ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो ।

नेपाल देशको नामबाट राखिएकाले नेपाल संवत् मौलिक संवत् हो । वि.सं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइए पनि नेवार समुदायबाहेक अन्य समुदायले नेपाल संवत् चलाएको पाइँदैन । सरकारी अभिलेखमा भने नेपाल संवत्लाई पनि मान्यता दिइए पनि चलनचल्तीमा विक्रम संवत् र इस्वी संवत् प्रचलनमा छन् ।

नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

काठमाडौंमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता शुरुआत गर्ने परम्परा अझै पनि नेवार समुदायमा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments