Friday, December 5, 2025
Homeकला र साहित्यस्रष्टा दिनेश अधिकारी सुन्दरहरैंचामा सम्मानित

स्रष्टा दिनेश अधिकारी सुन्दरहरैंचामा सम्मानित

विराटचोकः ‘नझरेका फूलहरू’ ले सुन्दरहरैंचाको विराटचोकमा स्रष्टा दिनेश अधिकारीलाई सम्मान गरेको छ । कवि तथा गीतकार दिनेश अधिकारीलाई उहाँको लेखन–यात्राको स्वर्ण वर्षको अवसर पारेर सम्मान गरिएको हो ।

एक विशेष कार्यक्रमको आयोजना गरेर उहाँलाई सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरिएको हो । सम्मान कार्यक्रममा अधिकारीकी धर्मपत्नी पनि हुनुहुन्थ्यो । सो कार्यक्रममा कविहरू डा.अस्मिता बिष्ट, भरत बर्बरिक, रेखा सुवेदी, हेमन यात्री, देवान किराती, पुरन याक्खालगायतले स्रष्टा अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गर्नुभएको थियो । विराट कला समूहका कलाकारहरूले अधिकारीका गीतहरुमा नृत्य तथा गायक चण्डी राईले अधिकारीरचित गीतको गायन प्रस्तुत गर्नुभएको थियो ।

साहित्यकार मनु मन्जिलले सम्मानित स्रष्टा अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार भएको उल्लेख गर्नुभएको थियो । ‘नझरेका फूलहरू’ का प्रस्तोता केपी घिमिरेले संस्थाको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । स्रष्टा जेबी थुलुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा मोरङ, सुनसरी र झापाका विभिन्न स्थानका साहित्यानुरागीको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा झापाको कमल गाउँपालिका निवासी राजकुमार श्रेष्ठ (कर्माचार्य) का दुई कृति ‘राजका तरङ्गहरू’ र ‘जीवनलाई निफन्दा’को विमोचन पनि गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments