Friday, December 5, 2025
Homeधर्म र संस्कृतितिहारको मुख्य दिन आज भाइटीका

तिहारको मुख्य दिन आज भाइटीका

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य तथा अन्तिम दिन आज भाइटीकाको दिन हो । आज दिदीबहिनीले आफ्ना दाजुभाईको दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ३९ मिनेट जाँदा भाइटीकाको शुभ साइत रहेको छ ।

राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउनुपर्ने र अन्य सर्वसाधारणले भने साइत पर्खिन आवश्यक नभएकाले शुभ साइत भन्दा अघि वा शुभ साइत पछि बेलुकैसम्म टीका लगाउन सकिने समितिले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments