विराटचोकः आज धनतेरसको दिन हो । हरेक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिका दिन धनतेरस पर्व मनाइन्छ । यस दिन सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ ।
धार्मिक विश्वास अनुसार आज धनतेरसका दिन धातुका भाँडावर्तन वा सुनचाँदीका गरगहना किन्नेले लक्ष्मीको आशीर्वाद पाउँछन् ।
आजकै दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ । आज भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । पृथ्वीवासी सम्पूर्ण मानिस दीर्घायु र निरोगी हुन् भन्ने कामना गर्दै विष्णुको पूजा गर्ने गरिन्छ ।







