सुन्दरहरैंचाः आज योमरी पुन्हि हो । प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउने गर्छन् । कृषि कार्यसँग सम्बन्धित यस पर्वमा नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट स्वादिलो योमरी तयार पारिन्छ ।
तेल या अन्य चिल्लोपना नभएको यो परिकार स्वास्थ्यका हिसाबले हितकारी छ । योमरीको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ । पानीको देवताका रुपमा काठमाडांैवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा रहेको छ ।