सुन्दरहरैंचाः हरेक वर्षको मंसिर पूर्णिमाका दिन उँधौली पर्व पर्दछ । किराती मान्यताअनुसार आजदेखि हिउँद शुरु भएको मानिन्छ । लेकबाट वस्तुभाउ अनि चराचुरुङ्गी जाडो छल्न बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केतका रूपमा आजको दिनलाई लिइन्छ । अन्नबाली भित्र्याएको खुशीयाली पनि यो पर्वमा साटिन्छ ।
किरातहरूको धार्मिक पुस्तक ‘मुन्धुम’मा चराहरूको बसाइँसराइँलाई आधार मानेर उँधौली र उँभौली गरेर वर्षलाई दुई भागमा विभाजन गरिएको छ ।
उँधौली पर्वलाई लिम्बूहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् ।