सुन्दरहरैंचाः २५ प्रतिशत बोनस शेयरमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल ल्युब आयलको शेयरमूल्य समायोजन गरेको छ ।
लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य २२५ रुपैयाँ ९२ पैसा कायम भएको छ । आइतबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता २८२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।