Friday, December 5, 2025
Homeफिचरआजदेखि सागर डिष्टिलरीको आईपीओ बिक्री हुने

आजदेखि सागर डिष्टिलरीको आईपीओ बिक्री हुने

विराटचोकः सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

सो कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ । ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असोज १३ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत् आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यसअघि सो कम्पनीको आईपीओ भदौ २५ गतेदेखि खुल्ने सूचना थियो । तर जेनजी आन्दोलनका कारण स्थगित भएको आईपीओ आजदेखि खुल्ने भएको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments