गोठगाउँः सुन्दरहरैंचा–११ मा रहेको लालीगुराँस भजनकीर्तन समूहले तीजको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । संस्थाले आफ्नो स्थापनाकालदेखि नै हरेक वर्ष तीज तथा दशैंको समयमा कार्यक्रम आयोजना गर्ने गरेको छ ।
मङ्गलबार पञ्चायत मावि सुन्दरहरैंचा–७ गोठगाउँको प्राङ्गणमा स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र चौलागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न समूहले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई शिक्षाविद् उमेश उप्रेती, सहकारी अभियन्ता रवीन्द्र आचार्यलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा गायक गंगा गौतमले आफ्ना गीत प्रस्तुत गर्नुभएको थियो ।







