Friday, December 5, 2025
Homeफिचरबढ्यो नेप्से सूचक, सकेन कारोबार रकम बढ्न

बढ्यो नेप्से सूचक, सकेन कारोबार रकम बढ्न

विराटचोकः तीजको अघिल्लो दिन आज नेप्से परिसूचक २१ दशमलव ३० अङ्क बढेर २७६१ दशमलव २६ बिन्दुमा अडिएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ६ अर्ब रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा आज ३१७ कम्पनीको ५७ हजार १५७ पटकको कारोबारमा ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ रुपैयाँको शेयर किनबेच भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ९६ लाख ७७ हजार ९५१ रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्य उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ७९ प्रतिशत बढेको बजारमा उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको सूचक भने ओरालो लागेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण १५ खर्ब ७१ अर्ब ४ करोड ९० लाख ४० हजार ३५८ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments