Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैंचाका कलाकारको गायन र अभिनय रहेको तीज गीतले प्रशंसा बटुल्दै

सुन्दरहरैंचाका कलाकारको गायन र अभिनय रहेको तीज गीतले प्रशंसा बटुल्दै

खेमचन्द्र अधिकारी
गोठगाउँः पहिले तीज भन्नेबित्तिकै चेलीमाइतीको भेटघाट हुने, भलाकुसारी गर्ने तथा घरको बुहार्तनबाट केही दिनका लागि फुर्सद भएर माइतीघरमा रमाउने पर्वका रूपमा लिइन्थ्यो । आजकाल तीज भन्नासाथ खानपानका साथै नाचगानको पर्व भनेर बढी चिनिन थालेको छ ।

तीज पर्वमा नाचगान बढी हुन थालेपछि तीजको आगमनसँगै धेरै कलाकारले दुःख, पीर, वेदनाले भरिएका वा नाचगान, रमाइलो गर्ने विषयले भरिएका लय र भाकामा तीजगीत प्रस्तुत गर्ने गर्छन् ।

यसै क्रममा एक साताअघि सुन्दरहरैंचाको गोठगाउँका कलाकारको अभिनय र गायन रहेको तीज गीत सार्वजनिक भएको छ । गायक रमेश आचार्यको युट्युब च्यानल ‘रमेश आचार्य’मार्फत् रिलिज भएको सो गीतले चर्चा पाउन थालेको छ । तीज आउनु एक महिनाअघि नै तीजका गीत रिलिज हुने गरेका भए पनि यो गीत भने तीज आउनु एक साताअघि मात्रै सार्वजनिक भएकाले तुलनात्मक रूपमा कम हेरिएको गीतमा परेको छ ।

गीतको शीर्ष अभिनय सुन्दरहरैंचा–११ निवासी तुलसा आचार्यले गर्नुभएको छ । पतिले पत्नीलाई तीजको सामान नकिनिदिएको विषयलाई लिएर तयार पारिएको ९ मिनेट लामो सो गीतको भिडियोमा तुलसालाई उहाँकै पति लेखनाथ आचार्यले साथ दिनुभएको छ । सुन्दरहरैंचा–७ निवासी गायक रमेश आचार्यलाई गीत गायनमा काठमाडौंनिवासी अम्बिका लुइँटेलले साथ दिनुभएको छ ।

गायक रमेश आचार्यकै शब्द रहेको गीतमा लय संयोजन तथा ध्वनि संयोजन जय देवकोटाले गर्नुभएको छ । सपना पौडेलको कोरियोग्राफी रहेको गीतमा तुलसा आचार्य, लेखनाथ आचार्य, मीना खड्का, सुषमा आचार्य, देविका चिमरिया, मुना आचार्य, कल्पना पौडेल, दुर्गा भट्टराई, शर्मिला उराव, पुनम रिजाल, बद्री धमला र मनोज भट्टराईको अभिनय रहेको छ । बाल कलाकारको रूपमा रिवाज आचार्यले अभिनय गर्नुभएको छ ।

सुन्दरहरैंचावासीका साथै सो गीतको भिडियो युट्युबमा हेर्ने देशविदेशका सङ्गीत पारखीले गीतमा प्रस्तुत शब्द, लय र अभिनयको खुलेर प्रशंसा गरेर टिप्पणी गर्नुभएको छ ।

दोहोरी गायकको रूपमा परिचित रमेश आचार्यले दुई वर्ष अघि तीजको अवसरमा गायिका गंगा गौतमसँग गाउनुभएको गीतले पनि राम्रो प्रशंसा पाएको थियो । सो गीत पनि युट्युबमा उपलब्ध छ ।

गीतको भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments