Friday, December 5, 2025
Homeकला र साहित्यक्याफेमा कविताको तेस्रो शृङ्खलामा गुञ्जिए हिमालय पौडेलका छन्द कविता

क्याफेमा कविताको तेस्रो शृङ्खलामा गुञ्जिए हिमालय पौडेलका छन्द कविता

इटहरीः नेपालबिट मिडिया प्रालिले सञ्चालन गरेको ‘क्याफेमा कविता’ को तेस्रो शृङ्खलामा उदयपुरका कवि हिमालय पौडेलले आफ्ना ८ वटा कविता सुनाउनुभएको छ । उहाँले सबै कविता छन्दमा सुनाउनुभएको थियो ।

इटहरीमा रहेको माइतीघर क्याफेमा शनिबार भएको कार्यक्रममा कवि पौडेलका छन्द कविता सुन्न इटहरीका साथै बेलबारी, सुन्दरहरैंचा, विराटनगर तथा इटहरीका २५ जना साहित्यानुरागीको उपस्थिति थियो ।

कवि टीका आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शिक्षासेवी लेखनाथ घिमिरे रहनुभएको थियो । कार्यक्रमको सञ्चालन नेपालबिट मिडियाका सञ्चालक रामप्रसाद खरेलले गर्नुभएको थियो ।

हरेक शनिबार ‘क्याफेमा कविता’ अन्तर्गत इटहरीको माइतीघर क्याफेमा कार्यक्रम सञ्चालन भइरहेको छ । निरन्तर ९ सातासम्म क्याफेमा कविता कार्यक्रम आयोजना गरी दशौं शृङ्खलामा बृहत् कार्यक्रम सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments