Friday, December 5, 2025
Homeधर्म र संस्कृतिसुनसरीको झुम्कामा रामधुनी महोत्सव

सुनसरीको झुम्कामा रामधुनी महोत्सव

इटहरीः कोशी प्रदेशको धार्मिक गाथालाई विश्वसामु चिनाउने लक्ष्यसहित झुम्कामा ऐतिहासिक ‘रामधुनी महोत्सव’ आयोजना भएको छ । असार २२ गते हरिशयनी एकादशीका दिन शुरु भएको छ ।

आज झुम्कास्थित शनिमन्दिरबाट रामधुनी मन्दिरसम्म शोभा यात्रा हुने भएको छ ।

महोत्सवमा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त महाराज, ॐकार धर्मका सम्पूर्ण गुरुहरु, सनातनी अखडाका महामण्डलेश्वर, विश्वविख्यात साधु कालीबाबालगायत सहभागी हुने बताइएको छ ।

विभिन्न १०८ राष्ट्रका प्रतिनिधि, साथै १९३ देशका अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्चका सदस्यहरूको उपस्थिति हुने महोत्सवमा नेपाल र भारतका विभिन्न धार्मिक अगुवा, समाजसेवी, राजनीतिकर्मी, पत्रकार, उद्योगी, व्यवसायी, युवा तथा बालबालिकाको पनि उल्लेख्य उपस्थिति रहने बताइएो छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममा महोत्सवको प्रत्यक्ष प्रशारण हुने भएको छ ।

चार महिनासम्म चल्ने महोत्सवमा रामायण कथा, चतुर्मास अनुष्ठान, दैनिक हवन, धार्मिक प्रवचन, योग साधना र शान्तिपूर्वक प्रार्थनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

महाअभियान ॐकार धर्म संस्कृति जगेर्ना विश्वशान्ति महाअभियान, नागरिक समाज कोशी प्रदेश नेपाल, विश्व वैदिक गुरुकुल फाउन्डेसन, इण्डो–नेपाल रिलेसन एण्ड पिस फाउन्डेसन, मोदिविचार मञ्च र अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्चको संयुक्त आयोजनामा सम्पन्न हुने भएको हो ।

कार्यक्रम समन्वयकर्ता ज्योतिष कमलप्रसाद दाहालका अनुसार, महोत्सव आयोजनाले धार्मिक पर्यटन, सांस्कृतिक संवद्र्धन र अन्तर्राष्ट्रिय समन्वयमा नयाँ इतिहास कोर्ने विश्वास गरिएको छ ।

रामधुनी मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व विशेष छ । भगवान् रामले गुरुकुलीय शिक्षा आरम्भ गर्दा बालेको यज्ञरूपी धुनीलाई रामधुनी भनिन्छ । वनवासमा रहेका राम, लक्ष्मण र सीता यहाँ केही समय विश्राम गरेको धार्मिक विश्वास रहिआएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments