विराटचोकः सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको ‘लक इन’ अवधि साउन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीसँग भएको शेयर बिक्रीयोग्य हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई २०७९ साउन २४ गते शेयर बाँडफाँड गरेको थियो । सो मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
सो कम्पनीको २१ लाख कित्ता संस्थापक शेयर, १ लाख ७८ हजार ९४० कित्ता स्थानीयवासीको शेयर र १४ हजार ४२१ कित्ता कर्मचारीको शेयर लक इन रहेको छ । सो शेयर फुकुवा हुने भएको हो ।







