विराटचोकः राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको ‘लक इन’ अवधि साउन ९ गते सकिने भएको छ ।
धितोपत्र बोर्डले गरेको व्यवस्थाअनुसार लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीसँग भएको शेयर साधारण शेयरसरह बिक्री गर्न मिल्छ ।
कम्पनीले सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
सो कम्पनीको ३१ लाख ८६ हजार ५२८ कित्ता संस्थापक शेयर, ५ लाख ७५ हजार १७० कित्ता स्थानीयको शेयर र ७० हजार ९८८ कित्ता कर्मचारीको शेयर लक इनमा रहेको छ ।







