विराटचोकः मन्दाकिनी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको ‘लक इन’ अवधि साउन १६ गते सकिने भएको छ ।
त्यसपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीसँग भएके शेयर बिक्री गर्न पाइनेछ । सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेको थियो ।
यस कम्पनीको ४१ लाख ७० हजार ५९७ कित्ता संस्थापक शेयर, ६ लाख ४८ हजार ७६२ कित्ता स्थानीयवासीको शेयर र २५ हजार ८५८ कित्ता कर्मचारीको शेयर गरी कुल ४८ लाख ४५ हजार २१७ कित्ता शेयर लक इन छ ।







