Friday, December 5, 2025
Homeफिचरमहेन्द्र मावि रसुवापोखरी रौतामाई गाउँपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट

महेन्द्र मावि रसुवापोखरी रौतामाई गाउँपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट

गाईघाटः उदयपुरको महेन्द्र मावि रसुवापोखरी रौतामाई गाउँपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट घोषित भएको छ ।

रौतामाई गाउँपालिका शिक्षा सुधार योजना कार्यान्वयन २०८१ को कार्यसम्पादन मूल्याङ्कनमा रौतामाई गाउँपलिकाका सम्पूर्ण विद्यालय मध्येबाट नेपाली विषय शिक्षक तथा विद्यालयकी सहायक प्रधानाध्यापक दुर्गा दाहाल उत्कृष्ट हुनुभएको छ ।

त्यस्तै, पालिकाभरका विद्यालयबाट गणित विषयमा सोही विद्यालयका पप्पुकुमार साह र पालिकाभरका विद्यालय सहायक (लेखापाल) मध्येबाट सोही विद्यालयाका लेखापाल केशरबहादुर खत्री उत्कृष्ट हुनुभएको छ ।

हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रौतामाई गाउँपालिका उत्कृष्ट भएको छ । सो विद्यालयकी रचना खड्काले छात्रातर्फ पालिकाभरीमा सबैभन्दा बढी ३ दशमलव ५१ जीपीए ल्याउनुभएको छ । सो विद्यालय २०८० सालको एसईईमा पनि उत्कृष्ट भएको थियो ।

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुने शिक्षकलाई पालिकाले एक कार्यक्रम गरी सम्मान गरेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments